OurBiratnagar | बिराटनगरमा युवाहरुको मातातिर्थ औशीकाे अवसरमा यस्तो सामाजिक कार्य
बिराटनगर बैशाख २२,
बिराटनगरमा परिवर्तनको लागि हातेमालो नामक युवा समुहले शनिबार मातातिर्थ औशीकाे अवसरमा बिराटनगर पुष्पलाल चाैकमा रहेको महिला जागृति बृद्धाआश्रममा कार्यक्रम गरेको छ ।
बृद्धाआश्रममा युवाहरुले आमाहरुलाई चियापान तथा खिर खुवाई मातातिर्थ औशी मनाएका थिए ।
साथै उक्त स्थानमा छरिएर रहेकाे निर्माण सामाग्रीकाे ब्यबस्थापन गरि जिबनयापनमा सहजता ल्याउनका अभियान्ताहरु लागेर सफाई समेत गरेको संस्थापक अध्यक्ष बिनाेद चहारले बताए ।
त्यसका साथै युवाहरुले बिराटनगर कालिमन्दिर शनिमन्दिर र हनुमान मन्दिर पुगेर पनि मन्दिर परिसरमा रहेका बृद्धबृदालाई खिर ख्वाएका थिए ।
समाजमा केही फरक संदेश दिन उक्त कार्यक्रम गरेको अभियानता सराेज कोइरालाले बताए । समुहले बिराटनगरमा बिभिन्न सरसफाइ तथा सामाजिक काम गर्दै आएको छ ।
News: OurBiratnagar.net