विराटनगर, समाज परिवर्तन युवाकाे काधमा भन्दै हातमा झाडु लियर हिडीरहेकाे परिवर्तनका लागि हातेमालाे युवा सस्थाले बिगत डेढ बर्ष देखि सरसफाई गरिरहेकाे छ ।
विगत ११ अाै हप्ता देखि बिराटनगर र अासपास का क्षेत्र हरुमा जनचेतनाका लागि सांकेतिक भित्ते चित्र बनाउदै अाएकाे यस सस्थाले अाज पाेखरिया उच्च माध्यामिक विध्यालय काे पर्खालमा बलत्कार बिरुद्द चित्र, सरसफाई सम्बन्धि चित्र बानाएकाे छ ।
संस्थाका अधक्ष्य बिनाेद परियार सार्वजनिक संस्थाका भित्ता र पर्खालमा व्यापारिक बिज्ञापनले कुरुप बनाएकाे देखेर हामिलाई नराम्राे लाग्याे हाम्राे अभियान भनेकाे साेच बदलाउने अभियान भएकाेले स्थानिय निकायकाे यस तर्फ पनि ध्यान जावस भनेर याे अभियान अाम जनताकाे दिमाखमा रहाेस भनेर याे अभियान लाई राेजेको बताएका छन ।
बिगत डेढ वर्ष देखि गल्लि गल्लि सबै तिर सरसफाई गरिरहेका थियौ तर बिराटनगरकाे सडककाे स्तर उन्नतिका लागि सबै सडक भत्काईएकाेले सरसफाई गर्न असहज भएपछि हामीले निरन्तर अभियानका लागि याे बाटाे अंगालेको बताएका छन ।
भाषण र आश्वसनले सामज ,देश कहिले परिवर्तन हुदैन त्यहि भएर हामी विभिन्न खाले जनचेतना मुलक समाज परिवर्तन का लागि अभियान हरु संचालन गरिरहेका छाै ।अभियान्ता सराेज काेईराला ले भन्नू हुन्छ याे संस्थामा अावद्द भएदेखि शनिवार कहिले अाउछ जस्ताे हुन्छ किनकि एक दिन भएपनि समाज र राष्ट्रका निम्ति समय दिन पाईन्छ अरु बार त कलेज जानू पर्छ ।
याे अभियान ले जनमानस मा राम्राे खबर प्रवाह गरेकाे छ । अभियान्ता राम पाेख्रेलका अनुसार अब चाडाे भन्दा चाडाे १ नं प्रदेश भरि नै यस्ता खाले अभियान संचालन हुदैछ हामी त्यसकाे लागि कमिटि तयार गरिरहेका छाै याे अभियान पुरै देश भरि फैलाउने साेचमा रहेको बताएका छन ।